रेखा पाँच वर्ष पछि आमा बन्ने
रेखा पाँच वर्ष पछि आमा बन्ने
रेखाले तत्काल आफ्नो आमा बन्ने कुनै योजना नभएको जनाएकी छन् । आफु अहिले अभिनयमा सक्रिय रुपमा लागेको बताउदै रेखाले अबको पाँच वर्षपछि मात्र सन्तान जन्माउने योजना बनाएकी छन् । एक साप्ताहिक पत्रिकाले उल्लेख गरे अनुसार रेखा आमा बनेपछि अभिनयमा लाग्ने छैनन् । उनले आमा बनेपछि अभिनय छोडी निर्माण एवं निर्देशनमा सक्रिय हुने योजना र्सार्वजनिक गरेकी छिन् ।त्यसो त कलाकारहरुको राजनीति मोह पनि गजब कै छ । झण्डै एक वर्ष अघि नायक भुवन केसी एमाले प्रबेश गरेर चर्चामा आए । त्यो भन्दा अगाडी रेखा थापा माओबादी अध्यक्षसँग नाचेर चर्चामा आइन् । यिनै रेखाले पाँच वर्ष पछाडी सक्रिय राजनीतिमा लाग्न सक्ने संकेत गरेकी छन् । तर कुन पार्टिमा संलग्न हुने हुन् खुलाएकी छैनन् । जवानी ढल्दै जाँदा सन्तान जन्माउने र आमा बन्ने रेखाको मनसायले रेखाको सन्तान प्रेम त स्पष्ट पार्छ नै । तर उमेर ढल्कदै जाँदा रेखाले सन्तान हुर्काउने, राजनीति गर्ने अनी चलचित्रको निर्माण निर्देशन गर्न समय भने कसरी व्यवस्थापन गर्ने हुन् त्यो भने पाँच वर्षपछि मात्रै थाहा हुनेछ ।
0 comments:
Post a Comment