दुई अनौठा बलात्कार
एक हप्ताको अन्तरमा घटेका दुई घटनाले धनकुटामा बहस सिर्जना गरे पनि उस्तै प्रकृतिका ती घटनाका परिणाम भने फरक थिए। दुवै घटनाले स्थानीय स्तरमा सनसनी मच्चाए। पहिलो घटना अपत्यारिलो थियो, उक्त घटनामा १२ वर्षीय बालकले एकै परिवारका चार बालिकालाई बलात्कार गरे भने अर्को राजीखुसी शारीरिक सम्बन्धपश्चात् जबर्जस्ती बलात्कार गरेको आरोप लगाई १ लाख ३० हजार रुपैयाँ लिएर मिलापत्र गरिएको घटना थियो।
पहिलो घटनाअन्तर्गत जिल्लाको तेलिया गाउँका १२ वर्षीय हर्कबहादुर विश्वकर्मा सोही गाउँका एकै परिवारका चार बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीको गिरफ्तारीमा परेपछि सनसनी मच्चियो। पक्राउ परेका विश्वकर्मा अहिले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, धनकुटाको थुनामा छन्। उनले प्रहरीसामु बलात्कार गरेको स्वीकार गरेका छन्। बलात्कृत हुने पनि नाबालक र बलात्कार गर्ने पनि नाबालक नै भएपछि प्रहरीलाई मुद्दा चलाउन अप्ठ्यारो परेको प्रहरी निरीक्षक विनोद कुमार शर्मा बताउँछन्। कानुनमा १० वर्ष सम्मकालाई जबर्जस्ती करणी गरे १० देखि १५ वर्ष जेल सजाय तोकिएको छ। त्यसमा नाबालकको हकमा आधा सजाय बेहोर्नुपर्ने नियम भएकाले सोही अनुसार प्रक्रिया अघि बढाइएको निरीक्षक शर्मा बताउँछन्।विश्वकर्माले आफ्नै छिमेकी ६ वर्षीया नरी (नाम परिवर्तन), धन (नाम परिवर्तन), वर्ष ५ की लिलु (नाम परिवर्तन) एवं वर्ष ४ की केशरी (नाम परिवर्तन) लाई आफ्नै घरमा खेल्न आएको मौका पारी पालैपालो बलात्कार गरेको पीडित बालिकाहरूका बाबु बताउँछन्। नरी र धनु जुम्ल्याहा हुन्।पीडित बालिकाका बाबुले आफ्ना नाबालिक छोरीलाई निज विश्वकर्माले आफ्नै घरमा खेल्न बोलाएर पहिलो दिन दुइटीलाई र अर्को दिन अरू दुई जनालाई बलात्कार गरेको दाबी गरेका छन्। आफ्ना नाबालिक छोरीहरूलाई फकाई-फुल्याई चकलेट दिएर पालैपालो बलात्कार गरेको आरोप पीडितका बाबुले लगाएका छन्। बालिकाहरू रुँदै-कराउँदै, चिच्याउँदै आएपछि उनीहरू बलात्कृत भएको आफूले थाहा पाएको अभिभावकहरूले बताएका छन्।
प्रहरीले पीडित बालिकाहरूका बाबुले दिएको उजुरीका आधारमा हर्कबहादुरलाई पक्राउ गरेको हो। विश्वकर्मा नाबालक भए पनि जबर्जस्ती करणी गरेको अभियोगमा मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक शरद कुमार तामाङ बताउँछन्। चारै जना बालिका बलात्कारको सिकार भएको जिल्ला अस्पताल धनकुटाको स्वास्थ्य परीक्षणबाट पुष्टि भएको छ। नाबालकहरूमा यौन अराजकता बढ्नु भनेको अश्लील च्यानल एवं इन्टरनेटको प्रभाव र गलत मानसिकताको उपज भएको धनकुटा बहुमुखी क्याम्पसका समाज विकास विषयका सह-प्राध्यापक नन्द न्यौपाने बताउँन्। न्यौपाने भन्छन्- ‘अहिले बालबालिकाहरूले सहज रूपमा यौनजन्य सामग्री भेट्ने हुँदा उनीहरूमा कौतूहलता बढेर यस प्रकारका घटना घट्छन्।’ जिल्लामा बाल-यौनशोषणको यो पहिलो घटना भने होइन, यसअघि पनि दुईवटा यस्तै घटना घटिसकेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। ती घटनामा भने प्रौढहरूको संलग्नता थियो।स्रोत: कान्तिपुर

0 comments:
Post a Comment